बाग्मती प्रादेशिक ललितकला प्रदर्शनी शुक्रवारसम्म चल्ने

सहयात्रा टिभी

काठमाडौं। चैत १३, काठमाण्डौमा ‘बाग्मती प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ चलिरहेको छ । हिजोदेखि शुरु भएको प्रदर्शनी आउँदो शुक्रवारसम्म चल्नेछ ।

यो प्रदेशस्तरीय प्रदर्शनीको अन्तिम कायर्यक्रम हो । यसअघि ६ वटा प्रदेशमा प्रादेशिक प्रदर्शनी सम्पन्न भएका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले नेपालको संविधान २०७२ अनुसार रही प्रतिष्ठानले पहिलोपटक सातै प्रदेशमा ‘प्रादेशिक ललितकला प्रदर्शनी’ गर्ने सिलसिलामा ६ वटा प्रदेशमा प्रदर्शनी सकेर हिजोदेखि बाग्मती प्रदेशमा शुरु गरेको बताउनुभयो ।

प्रदर्शनीमा समसामयिक चित्रकलारमूर्तिकला, परम्परागत चित्रकलारमूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलालगायतका विभिन्न विधाअन्तर्गतका २ सय १० जना कलाकारका २ सय ४१ कलाकृति राखिएको छ ।

 

प्रकाशित : 26 March, 2024

प्रतिक्रिया दिनुहोस्