केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अमेरिकाको बाल्टिमोर सहरस्थित फ्रान्सिस स्कट पुल भत्कियो

सहयात्रा टिभी

काठमाडौं। चैत १३, अमेरिका मेरील्यान्डको बाल्टिमोर सहरस्थित फ्रान्सिस स्कट पुल भत्किएको छ । मालबाहक डुंगाले ठक्कर दिँदा स्टिलबाट निर्मित पुल भत्किएको डेली मेलले जनाएको छ ।

सामाजिक सन्जाल एक्समा राखिएको एक भिडियोमा डुंगाले पुलको खम्बामा ठक्कर दिएको देखिन्छ । लगत्तै पुलको पुरै संरचनामा भाँचिएर पानीमा खसेको देखिन्छ ।

पुलको संरचना डुंगामाथि नै खसेको, डुंगाको बत्ती निभेको र कालो धुवाँ उडेको पनि देखिन्छ । यसबाट मानवीय क्षति भएरनभएको रिपोर्ट सार्वजनिक भइसकेको छैन ।

अमेरिकी कोस्ट गार्ड र मेरील्याण्ड ट्रान्सपोर्टेसन अथोरिटीले पुल भाँचिएको पुष्टि गरे पनि यो समाचार तयार पार्दासम्म थप विवरण सार्वजनिक गरेका छैनन् ।

 

 

प्रकाशित : 26 March, 2024

प्रतिक्रिया दिनुहोस्