केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक बोआओ फोरममा सहभागी 

सहयात्रा टिभी

काठमाडौं । चैत १४, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले नेपालका तर्फबाट बोआओ फोरम फर एसियामा सहभागिता जनाउने भएका छन् ।

मंगलबारदेखि चीनको हाइनान प्रान्तमा ‘एसिया र विश्व – संयुक्त चुनौती र साझा कर्तव्य’ नारा दिएर सुरू भएको बोआओ फोरम ४ दिनसम्म चल्नेछ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार १३ देखि १६ चैतसम्म चल्ने उक्त फोरममा सहभागिता जनाउन सापकोटा मंगलबार राति त्यसतर्फ गएका छन् ।

अघिल्लो वर्ष निम्तो पठाउँदा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी भएका थिएनन् । यसपटक चीनले नेपाललाई बोआओ फोरममा निम्तो समेत गरेको छैन । बरु यही बेलामा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनकै बेइजिङलगायत क्षेत्रमा ९ दिन लामो भ्रमणमा छन् ।

 

 

प्रकाशित : 27 March, 2024

प्रतिक्रिया दिनुहोस्