केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कर्णालीमा मुख्यमन्त्री एमालेलाई छाड्न नहुने जनार्दनको अडान

सहयात्रा टिभी

काठमाडौं । चैत १४, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नयाँ गठबन्धनको भागबण्डामा पनि कर्णाली प्रदेशको मुख्यमन्त्री माओवादीले नै राख्नुपर्ने बताएका छन् ।

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकमा उपमहासचिव शर्माले कर्णालीको मुख्यमन्त्री एमालेलाई छाड्ने कुरा मान्य नहुने बताएका हुन् ।

सत्ता गठबन्धनमा रहेका दलहरुबीच प्रदेश भागबण्डा हुँदा एमालेले कोशी, गण्डकी र कर्णाली लिने र माओवादीले बागमती र लुम्बिनी लिने विषयमा छलफल भएको थियो ।

तर शर्माको जवाफमा अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका नेताहरूसँग छलफल भइरहेको र अहिले नै प्रदेशको भागबण्डा नटुंगिएको बताएका थिए ।

तर शर्माले अध्यक्ष प्रचण्डको भनाइमा विश्वास गरेनन् ।  कर्णाली प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल छ भने दोस्रो ठूलो दल माओवादी केन्द्रका राजकुमार शर्मा मुख्यमन्त्री छन् ।

 

प्रकाशित : 27 March, 2024

प्रतिक्रिया दिनुहोस्