केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यातायात मजदुर कुटिएको विरोधमा गोरखामा बन्द

सहयात्रा टिभी

काठमाडौं । चैत १४, यातायात मजदुर कुटिएको विरोधमा गोरखामा यातायात व्यवसायीले सार्वजनिक यातायात बन्द गरेका छन् । बन्दका कारण यात्रुहरु बिहानै देखि सडकमा अलपत्र परेका छन् ।

आइतबार फागु फूर्णिमाको दिन ग १ ख ७१९१ नम्बरको बस चालक अर्जुन परियार र सहचालक टीकाराम नेपालीमाथि गोरखा नगरपालिका–७ धारापानीमा स्थानीय युवाले कुटपिट गरेका थिए ।

कुटपिटमा संलग्नहरुलाई कारबाहीको माग गर्दै मजदुरहरुले बुधबार बिहानदेखि यातायात बन्द गराएका हुन् । बन्दका कारण जिल्लाभित्रै चल्ने र जिल्लाबाहिर जाने सार्वजनिक यातायात चलेका छैनन् ।

धारापानीका हरि श्रेष्ठ, धुव्र श्रेष्ठ र समित श्रेष्ठसहितको टोलीले यातायात मजदुरमाथि कुटपिट गरेको अखिल नेपाल यातायात मजदुर संघका जिल्ला अध्यक्ष निर्मल रानाले बताए ।

यातायात मजदुरमाथि कुटपिट गर्नेहरुमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिए पनि बेवास्ता गरेको अध्यक्ष रानाले बताए ।

दोषीमाथि कारबाहीको माग गर्दै मंगलबार अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

 

प्रकाशित : 27 March, 2024

प्रतिक्रिया दिनुहोस्