रमेश खरेलले गरे राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग

सहयात्रा टिभी

काठमाडौं । चैत १४, पूर्व डीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका छन् ।

आफूले बुधबार मात्र पार्टीमा राजीनामा बुझाएको खरेलले जानकारी दिए ।

आम चुनाव २०७९ मा काठमाडौं–१ मा चुनाव लडेका उनी गत वैशाख १० मा भएको उपचुनावमा रास्वपामा जोडिएका थिए । खरेल रास्वपाबाट बारा–२ मा उपचुनाव लडेका थिए, तर जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवसँग पराजित भए ।

चुनावपछि रास्वपाको कुनै भूमिकामा नरहेका खरेलले पछिल्लो समय पार्टी सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै आएका थिए ।

यसलाई लिएर रास्वपाले स्पष्टीकरण सोधेको थियो ।

 

 

 

प्रकाशित : 27 March, 2024

प्रतिक्रिया दिनुहोस्