सुनको मूल्यमा बृद्धि
सहयात्रा टिभी
काठमाडौं । चैत १४, बुधबार सुनको मूल्यमा ४ सय रुपैयाँले बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेपछि बुधबार तोलाको १ लाख २६ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । अघिल्लो दिन १ लाख २६ हजार ४ सयमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ५०५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ४९० रुपैयाँ कायम भएको छ ।