केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सभामुख घिमिरे आज स्वदेश फर्किँदै

सहयात्रा टिभी

काठमाडौं । चैत १६, जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय ४८औँ महासभामा सहभागी भएर सभामुख देवराज घिमिरेसहितको टोली आज स्वदेश फर्किदैछ। टोली आज बिहान ९ बजे काठमाडौं अवतरण गर्ने सभामुख घिमिरेको सचिवालयले जनाएको छ।

टोलीले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको बताइएको छ । आयरल्याण्डमा रहँदा सभामुख घिमिरेले त्यहाँका सभामुख, राष्ट्रपतिलगायतसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित : 29 March, 2024

प्रतिक्रिया दिनुहोस्