केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेस पुनः सरकारमा पुग्ने महामन्त्री थापाको दाबी

सहयात्रा टिभी

काठमाडौं । चैत १६, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस पुनः सरकारमा पुग्ने दाबी गरेका छन् ।

संवाद यात्राका क्रममा कपिलवस्तुको लबनीमा आयोजित कार्यक्रममा बोल्दै थापाले पार्टी फेरि सरकारमा पुग्ने बताए । ‘भर्खर त गएको हो । एक डेढ हप्ता भयो । फेरि आइहाल्छ । धेरै पनि छैन । केही समय पछि फेरि आउँछ । सरकारले त कांग्रेसलाई पछ्याइहाल्छ,’ थापाले भने ।

देशलाई सम्हालेर निराशाबाट बाहिर निकाल्न सक्ने कांग्रेस मात्रै भएको उनले दाबी गरे । एमाले, माओवादी, नयाँ दलले निराशाबाट देशलाई बाहिर निकाल्न नसक्ने उनले बताए ।

‘नेकपा एमालेसँग आन्दोलन गर्ने क्षमता छ । मधेसी पार्टीहरुसँग नागरीकलाई उद्धेलित बनाउने क्षमता छ । नयाँ पार्टीसँग हल्ला गर्ने क्षमता होला,’ उनले भने ।

२०८२ मा पार्टीको महाधिवेशन हुने उल्लेख गर्दै महामन्त्री थापाले महाधिवेशनबाट पार्टीको विधानमा केही विषय संशोधन गर्नुपर्ने बताए ।

 

प्रकाशित : 29 March, 2024

प्रतिक्रिया दिनुहोस्