केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पेस्तोलसहित कपनबाट प्रहरीद्धारा एक जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । चैत १६, जिल्ला प्रहरी परिसर काठमाण्डौ‌ले गुण्डागर्दीमा संलग्न प्रशान्त पराङदेवा लिम्बुलाई पेस्तोलसहित कपनबाट पक्राउ गरेको छ ।

गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रण गर्ने जिल्ला प्रहरी परिसरको अभियानअन्तर्गत कपन क्षेत्रमा गुण्डागर्दी गर्ने र समाजमा भय, त्रास सृजना गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा लिम्बु पक्राउ परेका प्रहरीद्धारा जानकारी प्राप्त भएको छ ।

शङ्कास्पद गतिविधि गरेको सूचनाको आधारमा ताप्लेजुङको फुङलिङ नगरपालिका–९ घर भई अहिले सरस्वतीनगर कपन बस्ने २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लिम्बुको घरमा खोजी गर्दा कटुवा पेस्तोल एक थान, धारिलो चक्कु दुई थान, फलामको हम्बर एक थान र मोबाइल दुई थानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : 29 March, 2024

प्रतिक्रिया दिनुहोस्