केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारले संघीयता कार्यान्वयनका लागि ११७ वटा कानुन बनाउने

सहयात्रा टिभी

काठमाडौं । चैत १६, सरकारले संघीयता कार्यान्वयनका लागि ११७ वटा कानुन बनाउने भनी विषय पहिचान गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अनुसार पहिचान भएका विषयको विधेयकको मस्यौदा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले अध्ययन गरिसकेको छ ।

अध्ययन पश्चात सम्बन्धित मन्त्रालयहरूलाई सम्बन्धित विषयको कानुनको मस्यौदालाई अन्तिम रूप दिएर प्रक्रियामा अगाडि बढाउन भनिएको छ ।

शुक्रबार राष्ट्रिय सभामा संघीयता कार्यान्वयनसँग सम्बन्धित विषयमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री प्रचण्डले पहिचान गरिएका ११७ वटा विधेयकको मस्यौदामध्ये २१ वटा विधेयक पेश हुने क्रममा रहेको जानकारी दिए ।

उनका अनुसार यी २१ वटा विधेयक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विधेयक समितिमा विचाराधीन छन् । थप ७ वटा विधेयक कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा कानुनी रायको प्रक्रियामा रहेको पनि प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।

११७ मध्ये मन्त्रिपरिषद् कार्यालय र कानुन मन्त्रालयमा रहेका बाहेकका विधेयकका मस्यौदालाई सम्बन्धित मन्त्रालयले अन्तिम रूप दिने काम गरिरहेको छ ।

प्रकाशित : 29 March, 2024

प्रतिक्रिया दिनुहोस्