हात्ती आक्रमणबाट तीन दिनमा दुई महिलाको मृत्यु

सहयात्रा टिभी

झापा । चैत १७, झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट जिल्लाको कमल गाउँपालिका-५ गुहेश्वरी निवासी ५८ वर्षीया खड्गमाया लिम्बुको शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घरमा सुतिरहेकी लिम्बुको घर हात्तीले भत्काएको थियो । घर भत्काएपछि भागेकी उनलाई हात्तीले घरदेखि करिव ३० मिटर परतिर आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । तीन दिनअघि शिवसताक्षी नगरपालिका-११ कि ६० वर्षीया पवित्रा भेटवालको पनि हात्ती आक्रमणबाट मृत्यु भएको थियो । उनका पति घाइते छन् ।

प्रकाशित : 30 March, 2024

प्रतिक्रिया दिनुहोस्