काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्यो, ५ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । चैत १७, काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा एक बालिका, २ पुरूष र २ महिला छन् । मृतकहरू गोरखा नगरपालिका ७ का रहको बताइएको छ। गोरखा नगरपालिका-७ का वडाध्यक्ष विश्व श्रेष्ठले दुर्घटना भएकोबारे खबर प्राप्त भएपछि आफू त्यसतर्फ जाँदै गरेको जानकारी दिए। दुर्घटनामा परेकाहरूको पहिचान खुलाउने प्रयास भइरहेको डिएसपी भण्डारीले बताए।

प्रकाशित : 30 March, 2024

प्रतिक्रिया दिनुहोस्