प्रतिनिधि सभाको बैठकमा विद्युत बन्द हुँदा समस्या

सहयात्रा टिभी

काठमाडौं । चैत १८, प्रतिनिधि सभाको बैठकमा विद्युत बन्द हुँदा समस्या भएको छ । प्रतिनिधि सभाको जारी बैठकको आधा घण्टामा तीन पटक विद्युत गएको छ ।

बैठक सुरु भएलगत्तै विद्युत बन्द भएर प्रतिनिधि सभाको सभाकक्ष अँध्यारो भएको थियो । आकस्मिक समयमा कांग्रेसका संजय कुमार गौतम बोल्न सभामुख देवराज घिमिरेले समय दिए ।

सांसद गौतमले बोल्न सुरु गरेलगत्तै बती गएको थियो । पछि सांसद एकनाथ ढकाल र अमरेश कुमार सिंह बोलिरहँदा पनि बत्ती गएको थियो ।

 

 

 

प्रकाशित : 31 March, 2024

प्रतिक्रिया दिनुहोस्