केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इजरायलमा बेन्जामिन नेतान्याहुप्रति असन्तुष्ट व्यक्त गर्दै प्रदर्शन

सहयात्रा टिभी

काठमाडौँ । चैत १९, इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुप्रति असन्तुष्ट व्यक्त गर्दै नागरिकले फेरि विरोध प्रदर्शन गर्न थालेका छन् ।

प्रदर्शनकारीले जेरुसेलममा रहेको इजरायली संसद् भवन घेरेर नारा लगाइरहेका छन् ।विद्रोही समूह हमासले इजरायलमाथि गरेको आक्रमणका कारण राष्ट्रियतालाई ख्याल गर्दै उनीहरूले केही समय आन्तरिक राजनीतिका विवाद ओझेलमा पारेको बताएका छन् ।

छ महिनापछि फेरि लामोसमय शासन चलाएका प्रधानमन्त्री नेतान्याहुलाई सत्ताच्यूत गर्नेसम्मको प्रदर्शन बढ्न थालेको बीबीसीले जनाएको छ ।

प्रदर्शनकारीले गाजामा बन्धक बनाइएका एक सय ३० नागरिकलाई मुक्त गर्न सरकारले पहल गर्नुपर्ने माग गरेका छन् । उनीहरूले प्रधानमन्त्री नेतान्याहुको राजीनामासँगै चुनावको समेत माग गरेका खबरमा उल्लेख छ ।

 

प्रकाशित : 1 April, 2024

प्रतिक्रिया दिनुहोस्