केपी ओली प्रचण्ड माधव नेपाल एमाले


केजरीवाललाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश

सहयात्रा टिभी

काठमाडौँ । चैत १९, भारतको अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ ।

राउज रेभेन्यू कोर्टले १५ अप्रिलसम्म केजरीवाललाई न्यायिक हिरासतमा राख्न आदेश दिएको हो । अब उनलाई तिहाड जेल लगिनेछ ।

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई मदिरासम्बन्धी नीतिमा भ्रष्टाचार गरेको आरोपमा प्रवर्तन निर्देशनालय ९ईडी० ले २१ मार्चमा गिरफ्तार गरेको थियो । त्यसयता उनी ईडीको हिरासतमा थिए ।

सोधपुछका क्रममा केजरीवालले सहयोग नगरेको ईडीको आरोप छ । उनले फोनको पासवर्डसमेत नदिएको ईडीका वकिल एसवी राजूले बताए ।

अदालत लगिएको समयमा केजरीवालले भने प्रधानमन्त्री नरेन्द्र मोदीले जे गरिहेका छन्, त्यो देशका लागि ठीक नभएको प्रतिक्रिया दिएका छन् ।

 

प्रकाशित : 1 April, 2024

प्रतिक्रिया दिनुहोस्