केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रशिक्षार्थी (इन्टर्न) सम्बन्धी कार्यविधि २०८० माथि संसद्‌मा प्रश्न

सहयात्रा टिभी

काठमाडौं । चैत २०, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रशिक्षार्थी कर्मचारी भर्ना गर्ने गरी ल्याएको ‘प्रशिक्षार्थी (इन्टर्न) सम्बन्धी कार्यविधि’ २०८० माथि प्रश्न उठेको छ ।

कार्यविधिमा ‘उच्च शैक्षिक संस्थामा अध्ययनरत तथा उच्च शैक्षिक उपाधिको लागि प्रतिक्षारत विद्यार्थीलाई शिक्षा मन्त्रालय तथा मन्त्रालय अन्तर्गतका निकायबाट सम्पादन हुने कार्य तथा सेवाका विषयमा इन्टर्नसिप कार्यक्रममार्फत व्यावहारिक सीप र कार्य अनुभव दिलाउने’ उल्लेख छ ।

मन्त्रालयको यस्तो कदमले निजामती कर्मचारीलाई अविश्वास गरेको सन्देश गएको र यो प्रवृतिले प्रशासनलाई ‘प्यारालाइज्ड’ गर्ने भन्दै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डेले संसद्‌मा प्रश्न उठाएका छन् ।

मन्त्रालयकै कतिपय शाखा कामविहीन भएका बेला शिक्षामन्त्रीले ‘एजुकेसन क्याटलिष्ट’ (शिक्षा उत्प्रेरक) को नाममा प्रशिक्षार्थी कर्मचारी लिने सम्बन्धी कार्यविधि ल्याएको भन्दै उनले विरोध गरे ।

कार्यविधि बन्न त्यसलाई गाइड गर्ने कानुन चाहिने उल्लेख गर्दै उनले शिक्षामन्त्रीलाई प्रश्न गरे, ‘यो कार्यविधि कुन ऐन अन्तर्गत बन्यो ? कर्मचारी बाहिरबाट ल्याएर मन्त्रालयको काम चलाउन खोज्दा निजामती कर्मचारीतन्त्रमाथि हस्तक्षेप हुन्छ कि हुँदैन ? कर्मचारीको मनोबल गिर्छ कि गिर्दैन ?’

‘प्रशिक्षार्थी कर्मचारीबाट सरकारका गोप्य कागजहरू दुरुपयोग हुन्छन् कि हुँदैनन् ?’ सांसद पाण्डेले प्रश्न गरे । यो प्रश्न सिंगो सरकारले सुन्नुपर्ने उनको भनाइ छ । यसमा प्रधानमन्त्री गम्भीर हुनुपर्ने पाण्डेले बताए ।

 

प्रकाशित : 2 April, 2024

प्रतिक्रिया दिनुहोस्