केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव वैशाखमा हुने

सहयात्रा टिभी

काठमाडौं । चैत २०, बुद्ध जन्मस्थल लुम्बिनीमा वैशाख ५ र ६ गते अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने भएको छ ।

महोत्सवमा लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन, लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवस र लुम्बिनी शान्ति कन्सर्ट गरी तीन वटा प्रमुख कार्यक्रम हुनेछन् ।

म्याराथनमा नेपाल, चीन, पाकिस्तान, श्रीलंका, केन्यालगायत देशका धावकहरूको सहभागिता हुने जनाइएको छ ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा महोत्सव हुन लागेको हो ।

महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपालस्थित चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सिनले महोत्सवले लुम्बिनीलाई विश्व शान्ति र धार्मिक सांस्कृतिक पर्यटन गन्तव्यको रूपमा थप परिचित गराउने बताए ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी विश्वभर शान्ति र बौद्ध धर्मको मुहान भनेर चिनाउन महोत्सव कोशेढुंगा सावित हुने बताए ।

 

प्रकाशित : 2 April, 2024

प्रतिक्रिया दिनुहोस्