केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कर्णालीमा एमाले र माओवादीबीच अझै जुटेन सहमति

सहयात्रा टिभी

काठमाडौं । चैत २०, कर्णाली प्रदेशको नेतृत्वका विषयमा एमाले र माओवादी नेताहरुबीच भएको छलफलमा अझै सहमति जुटेको छैन ।

करिब ५ घण्टादेखि मुख्यमन्त्री राजकुमार शर्माको निवासमा छलफल जारी छ ।

प्रदेशको नेतृत्व एमालेलाई दिने सत्ता गठबन्धनको केन्द्रीय निर्णय विपरीत विश्वासको मत लिन लागेका मुख्यमन्त्री शर्मालाई मनाउन उनकै पार्टीका नेताहरू बिहानैदेखि छलफलमा जुटेका छन् ।

छलफलकै बीचमा दिउँसो साढे १ बजे नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल र प्रदेश इन्चार्ज लेखराज भट्ट बैठकमा सहभागी भएका थिए ।

करिब २ घण्टाको छलफल पछि जारी बैठकबाट एमालेका नेताहरू बाहिरिएका हुन् । मुख्यमन्त्री निवासबाट बाहिरिँदै गर्दा नेता कँडेलले छलफल जारी रहेको र निशकर्षमा पुगी नसकेको प्रतिक्रिया दिएका छन् । माओवादी नेताहरू बिहान ११ बजेदेखि मुख्यमन्त्री निवासमा छलफल गरिरहेका छन् ।

 

प्रकाशित : 2 April, 2024

प्रतिक्रिया दिनुहोस्