केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शहरी विकास मन्त्री र मेयर बालेन शाहबीच भेटवार्ता

सहयात्रा टिभी

काठमाडौं । चैत २०, शहरी विकासमन्त्री धनबहादुर बुढा र काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ ।

नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा सहकार्य गरेर अघि बढ्ने विषयमा दुई पक्षबीच छलफल भएको हो ।

सिहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा उपत्यकाको फोहोर व्यवस्थापनका लागि दीर्घकालीन योजनामा काम गर्ने र आपसी सहकार्यवाट अघि वढ्ने विषयमा छलफल भएको छ ।

तत्कालका लागि स्थानीयहरुको सरोकारलाई सम्बोधन हुने गरी बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्ने र उनीहरुको माग सम्बोधन गर्ने विषयमा शाहसँग मन्त्रीले मिलेर अघि वढ्न प्रस्ताव गरेका थिए ।

मेयर शाहले फोहोर व्यवस्थापनमा आफू सहकार्य गर्न तयार रहेको भन्दै उनले महानगरले केही वडावाट ‘शून्य फोहोर’ कार्यक्रम शुरु गर्न लागेको र यसमा मन्त्रालयको सहयोग चाहिएको बताएका थिए ।

भेटमा मेयर शाहले बञ्चरेडाँडास्थित ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनका लागि बनाएको संरचनामा थप सुधार गरि फोहरको व्यवस्थापन गर्न महानगरकाले आवश्यक सहकार्य र सहजीकरण गर्ने बताए ।

 

 

 

प्रकाशित : 2 April, 2024

प्रतिक्रिया दिनुहोस्