केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रतिनिधि सभाबाट विमस्टेक बडापत्र अनुमोदन

सहयात्रा टिभी

काठमाडौं । चैत २०, विमस्टेक बडापत्र प्रतिनिधि सभाबाट अनुमोदन भएको छ ।

मंगलबार बसेको बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बडापत्र अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले पारित गरेको हो ।

यसअघि सो बडापत्रको प्रावधानमाथिको छलफलमा भाग लिंदै सांसदहरूले राष्ट्रिय हितलाई अनुकूल हुनेगरी विमस्टेकलाई अघि बढाउन सरकार क्रियाशील हुनुपर्नेमा जोड दिएका थिए ।

परराष्ट्रमन्त्री श्रेष्ठले विमस्टेकलाई सार्क प्रतिस्थापन संस्थाको रूपमा नेपालमा नलिइएको स्पष्ट पार्दै यसलाई राष्ट्रिय हितमा प्रयोग गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका थिए ।

 

 

 

प्रकाशित : 2 April, 2024

प्रतिक्रिया दिनुहोस्