केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ताइवानमा ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प

सहयात्रा टिभी

एजेन्सि । चैत २१, ताइवानको पूर्वी तटीय क्षेत्रमा आज ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ । ताइवान र यसका छिमेकी देशहरूमा सुनामीको चेतावनी जारी गरिएको छ । यूएस जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्र ताइवानको हुआलियन सहरबाट १८ किलोमिटर (११ माइल) दक्षिणमा रहेको छ।

ताइवानमा यो २५ वर्षयताकै शक्तिशाली भूकम्प गएको भूकम्प मापन अधिकारीहरूले जनाएका छन् । चीनको दक्षिणपूर्वी फुजियान प्रान्तका केही भागमा पनि भूकम्पको धक्का महसुस भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । जापान मौसम विज्ञान एजेन्सीले जापानको दक्षिणपश्चिम तटीय क्षेत्रमा ३ मिटर उचाइसम्म छालहरू आउने जनाएको छ ।

फिलिपिन्सको भूकम्प मापनसम्बन्धी निकायले त्यहाँ सुनामी आउन सक्ने चेतावनी जारी गरेको छ। भूकम्पबाट के कति क्षति भयो भन्ने बारेमा जानकारी प्राप्त हुन सकेको छैन ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार हुआलियन काउन्टीमा झुकेका घरहरूका तस्बिरसहित प्रारम्भिक क्षतिको रिपोर्ट आइरहेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ। सेना उद्धारमा खटिएको छ । सन् १९९९ को सेप्टेम्बरमा ताइवानमा ७.६ म्याग्निट्यूडको विनाशकारी भूकम्प जाँदा २ हजार ४०० व्यक्तिको ज्यान गएको थियो।

 

प्रकाशित : 3 April, 2024

प्रतिक्रिया दिनुहोस्