केपी ओली प्रचण्ड माधव नेपाल एमाले


टर्कीको नाइट क्लबमा आगलागी, २९ जनाको मृत्यु

सहयात्रा टिभी

एजेन्सि । चैत २१, टर्कीको एक नाइट क्लबमा आगलागी हुँदा २९ जनाको ज्यान गएको छ । टर्कीको समाचार एजेन्सी एन्देलोका अनुसार हालसम्म २९ जनाको मृत्यु भएको र मृतकको संख्या बढ्न सक्ने छ । आगलागीमा परी केही गम्भीर घाइते भएका छन् ।

दुर्घटना हुँदा नाइटक्लब बन्द थियो र मर्मत कार्य चलिरहेका बेला आगलागी भएको बताइएको छ । मारिनेमा अधिकांश मजदुर रहेका छन् । मिडिया रिपोर्टका अनुसार इस्तानबुलको एक आकर्षक आवासीय क्षेत्रमा १६ तले भवन रहेको छ । हालसम्म क्लबका मालिकसहित पाँच जना पक्राउ परेको प्रहरीले जनाएको छ । क्लबले पुनर्निर्माणको स्वीकृति नलिएको बताइएको छ ।

प्रकाशित : 3 April, 2024

प्रतिक्रिया दिनुहोस्