गण्डकीका मुख्यमन्त्री डिल्लीराज भट्टद्धारा सरकार गठनको आह्वान

सहयात्रा टिभी

काठमाडौं । चैत २१, गण्डकी प्रदेशका मुख्यमन्त्री डिल्लीराज भट्टद्धारा सरकार गठनको आह्वान गरेका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान गरेका हुन् ।

बहुमत प्राप्त गर्न सक्ने दलले चैत २७ गते दिउँसो ३ बजेभित्र दाबी पेश गर्नुपर्नेछ । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि मुख्यमन्त्री पाण्डेले २२ फागुनमा माओवादी केन्द्रका मन्त्रीहरु बर्खास्त गरेका थिए । त्यसपछि २३ फागुनमा माओवादीले उनलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

 

 

प्रकाशित : 3 April, 2024

प्रतिक्रिया दिनुहोस्