लुम्बिनीका मुख्यमन्त्री चौधरीले आकस्मिक बैठक बोलाए

सहयात्रा टिभी

काठमाडौं । चैत २२, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलको आकस्मिक बैठक बोलाएका छन् ।

बिहीबार बस्ने प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने कार्यसूची छ ।

प्रदेशसभा बैठक दिउँसो ४ बजे बस्नु अगावै दिउँसो १ बजे संसदीय दलको बैठक बोलाइएको हो । मुख्यमन्त्री चौधरीले बहुमत जुटाउने प्रयास गरेपनि असफल भएपछि राजीनामा दिने मनस्थितिमा पुगेको कांग्रेसकै एक सांसदले जानकारी दिए ।

बहुमत पुगे विश्वासको मत लिने, नपुगे पदबाट राजनीनामा दिने बारेमा छलफल गरेर निर्णय लिने कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बताए ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले फागुन २३ मा समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो ।

माओवादी केन्द्र लुम्बिनी संसदीय दलका नेता जोखबहादुर महराले भोलि नै शपथ लिने गरी तयारीमा लागेका छन् । यसअघि २०७९ साल पुस २७ गते नेकपा एमालेका संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री हुँदा महरा झण्डै तीन महिना अर्थमन्त्री बनेका थिए ।

 

प्रकाशित : 4 April, 2024

प्रतिक्रिया दिनुहोस्