एमालेले कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी

सहयात्रा टिभी

काठमाडौं । चैत २५, नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

एमालेले नयाँ राजनीतिक समीकरण बनेपछि हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन गर्न वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता गर्न लागेको हो ।

अहिले कोशीमा कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकार छ । एमालेले प्रदेश प्रमुख समक्ष दाबी पेशका लागि भने सत्तामा सहभागी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीलाई कुरिरहेको छ ।

एमाले कोशी स्रोतका अनुसार मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता, नयाँ सरकार गठनका लागि दाबी र संसद्को विशेष अधिवेशन माग गर्ने छुट्टाछुट्टै निवेदनको ड्राफ्ट तयार छ ।

प्रमुख सचेतक रेवतीरमण भण्डारीले पनि समर्थन फिर्ता, नेतृत्वको दाबी र विशेष अधिवेशन माग गर्ने तयारी भएको स्वीकार गरे ।

 

 

 

प्रकाशित : 7 April, 2024

प्रतिक्रिया दिनुहोस्