सिरहामा हतियारधारी समूहले मनी ट्रान्सफरको साढे १५ लाख लुटे

सहयात्रा टिभी

काठमाडौं । चैत २५, सिरहामा हतियारधारी समूहले  हतियार देखाएर मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटेका जानकारी प्राप्त भएको छ ।

सिरहा सदरमुकाममा आइतबार बिहान ११ बजेको समयमा विष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवले लिएर जाँदै गरेको उक्त रकम भारतीय मोटरसाइकलमा आएका हतियारधारी समूहले लुटेका हुन् ।

सिराहाको ग्लोबल बैंकबाट निकालेर लैजाँदै गरेको १५ लाख ५० हजार रुपैयाँ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जना नाकाबधारीले पेस्तोल देखाउँदै लुटेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

भारततर्फ भागेको हुन सक्ने प्रहरीको आशंका छ । उनीहरूको खोजीकार्य तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

 

 

 

प्रकाशित : 7 April, 2024

प्रतिक्रिया दिनुहोस्