कागजात पेश गरेको एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गरिने

सहयात्रा टिभी

काठमाडौं । चैत २५, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने बताएका छन् ।

श्रममन्त्री अर्यालले आइतबार पत्रकार सम्मेलन गर्दै कार्यालयको समयभित्र अनलाइनबाट कागजात पेश गरेको एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गरिने बताएका हुन् ।

उनले पहिलो पटक यो प्रयास सुरूवात भएको भन्दै भोलिका दिनमा पनि यसले निरन्तरता पाउने बताए । आगामी दिनमा जो मन्त्री, कर्मचारी आए पनि यसले निरन्तरता पाउने अर्यालले दाबीसमेत गरे ।

 

 

 

प्रकाशित : 7 April, 2024

प्रतिक्रिया दिनुहोस्