शेयर बजार उच्च अङ्कले उकालो लाग्यो

सहयात्रा टिभी

काठमाडौं । चैत २५, हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले उकालो लागेको छ ।

शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ७५ अङ्कले बढेर दुई हजार २६ दशमलव ८१ विन्दुमा पुगेको छ ।  आज बजारसँगै कारोबार रकम पनि बढेको छ ।

आज होटल र व्यापारबाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

समग्रमा बजार बढेको दिन आज तारागाउँ रिजेन्सी होटलको शेयर भने १० प्रतिशतले घटेको छ ।  सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको प्रमोटर शेयर ९५ करोड रुपैयाँमा कारोबार भएका छन् ।

 

प्रकाशित : 7 April, 2024

प्रतिक्रिया दिनुहोस्