सुनको मूल्य हालसम्मकै उच्च

सहयात्रा टिभी

काठमाडौं । चैत २५, सुनको मुल्य हालसम्मकै उच्च भएको छ । एकै दिन तोलामा २ हजार ९ सय रुपैयाँले उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि बिहीबार सुन प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा पुगेर उच्च रेकर्ड बनाएको थियो ।

 

 

 

प्रकाशित : 7 April, 2024

प्रतिक्रिया दिनुहोस्