गण्डकीको मुख्यमन्त्री नियुक्त विरुद्ध कांग्रेसद्धारा सर्वोच्च अदालत जाने

सहयात्रा टिभी

काठमाडौं । चैत २६, गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त विरुद्ध नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ ।

आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सर्वोच्च जाने निर्णय गरेको हो ।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार गण्डकी प्रदेशको मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

अधिकारीले माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताललाई समेत जोडेर सरकार गठनका लागि बहुमत पुर्याएको र त्यो असंवैधानिक भएको भन्दै कांग्रेसले सर्वोच्च जाने निर्णय गरेको हो ।

 

 

 

प्रकाशित : 8 April, 2024

प्रतिक्रिया दिनुहोस्