कोशीमा हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार बन्ने

सहयात्रा टिभी

काठमाडौं । चैत २६, केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रले वैकल्पिक सरकारका लागि दाबी पेश गरेका छन् ।

सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की अल्पमतमा परेको भन्दै एमाले र माओवादी केन्द्रले हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार बनाउनका लागि राजनीतिक दाबी पेश गरेका हुन् । दाबी अनुसार भए अबको एक महिनाभित्र कार्की तेस्रो पटक मुख्यमन्त्री बन्ने छन् ।

प्रदेश सरकारलाई दिएको समर्थन र विश्वासको मत फिर्ता लिएको माओवादी र एमालेले सोमबार नै वैकल्पिक सरकारका लागि दाबी पेश गरेका हुन् ।

संविधानको धारा १६८ को ५ अनुसार गठन भएको सरकार अल्पमतमा परेकाले अर्को सरकार गठनको सहजताका लागि प्रदेश प्रमुख समक्ष राजनीतिक दाबी पेश गरिएको नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

 

 

प्रकाशित : 8 April, 2024

प्रतिक्रिया दिनुहोस्