गृहमन्त्री लामिछानेको राजीनामा माग्दै राप्रपाले गरे प्रदर्शन

सहयात्रा टिभी

काठमाडौं । चैत २७, राप्रपाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ ।

४० बुँदे माग राखेर आन्दोलनमा थालेको राप्रपाले मंगलबार काठमाडौं प्रदर्शन गरेको थियो । भृकुटीमण्डपबाट सुरु भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि बढेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा केही पक्राउ परेका छन् ।

‘गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, हामीले यो दिनलाई सम्झनामा राख्ने छौं’ प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘आजबाट गृहमन्त्रीले राजीनामाको माग पनि थपेर लैजान्छ । आजबाट ४० बुँदेमा एकबुँदा थपियो ।’

उनले प्रदर्शनमा सहभागीहरुलाई बानेश्वर गएर आमसभा गर्न समेत आह्वान गरेका छन् ।

 

 

 

प्रकाशित : 9 April, 2024

प्रतिक्रिया दिनुहोस्