नेप्से आज उच्च अङ्कले उकालो लागो

सहयात्रा टिभी

काठमाडौं । चैत २७, शेयर बजार परिसूचक नेप्से आज उच्च अङ्कले उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव १९ अङ्कले बढेर दुई हजार ३६ दशमलव ०१ विन्दुमा पुगेको छ ।

आज होटल तथा पर्यटन, उत्पादन र लघुवित्तबाहेकका समूहको शेयर बढेकोमा फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज जानकी फाइनान्स, नेपाल फाइनान्स र पोखरा फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढे पनि विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

आज ९७ लाख ८९ हजार कित्ता शेयर चार अर्ब १४ करोड ३७ लाख रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : 9 April, 2024

प्रतिक्रिया दिनुहोस्