केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सन्न्यास फिर्ता लिदै पाकिस्तान क्रिकेट टोलीमा फर्किए आमिर

सहयात्रा टिभी

काठमाडौं । चैत २७, एजेन्सी ।सन्न्यास फिर्ता लिदै तीव्र गतिका बलर मोहम्मद आमिर पाकिस्तान क्रिकेट टोलीमा फर्किएका छन् ।

घरेलु टोली पाकिस्तानले न्युजिल्यान्डविरुद्ध खेल्ने पाँच टी २० आई सिरिजको लागि टोली घोषणा गरेको छ । घोषणा टोलीमा उस्मान खान र इफरान खान पहिलो पटक पाकिस्तानको टोलीमा परेका हुन् ।

त्यस्तै मोहम्मद आमिर र इमाद वासिम सन्न्यास फिर्ता लिदै टोलीमा फर्किएका छन् । बायाँ हाते तीव्र गतिका बलर मोहम्मद आमिरले २०२० अगष्टमा अन्तिम पटक पाकिस्तानबाट खेलेका थिए । स्पिन अलराउन्डर इमाद वासिम २०२३ पछि फर्किएका हुन् ।

त्यस्तै २८ वर्षीय उस्मानले गतवर्ष पिएसएलमा क्वेटा ग्ल्याडियटर्सविरुद्ध ३६ बलमै शतक हानेका थिए । यस सिरिजमा लगातार दुई शतक र ९६ रनको इनिङ खेलेपछि टोलीमा स्थान बनाएका हुन् ।

प्रकाशित : 9 April, 2024


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्