केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हत्या आरोपमा पक्राउ परेका अर्जुन साह पटके अपराधी

सहयात्रा टिभी

काठमाडौं । चैत २८, जनकपुरधाममा छुरा प्रहार गरी युवकको हत्या गरेको आरोपमा पक्राउ परेका अर्जुन साह पटके अपराधी रहेको खुलेको छ ।

गत सोमबार पौने १ बजे दिउँसो जनकपुरधामको विश्वकर्मा चोकनजिक महोतरी एकडरा गाउँपालिका–३ भटोलियाटोलका २० वर्षीय प्रिन्स महासेठको छुरा प्रहार गरी हत्या भएको थियो ।

उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले जनकपुरधाम उपमहानगर–४ का २२ वर्षीय अर्जुन भन्ने अजय साहलाई तत्कालै पक्राउ गरेको थियो ।

पक्राउ परेका अर्जुनलाई धनुषा प्रहरीले सार्वजनिक गर्दै उनी पटके अपराधी भएको खुलेको बताएको छ ।

प्रहरी अनुसन्धानले अर्जुन विगत २०७२ सालयता पटक–पटक अपराधमा संलग्न भएको खुलेको छ । उनले ‘यस क्षेत्रका दादा हुँ’ भन्दै अपराध कर्म गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।

उनले भारती नाकामा लागूऔषध नाइट्रोभेट ट्याब्लेट, गाँजा र भाङ सेवन गर्ने गराउने र भनेको कुरा नमाने कुटपिट गर्ने गरेको पाइएको डीएसपी अवाको भनाइ छ ।

मृतक प्रिन्स स्वर्गीय लाल महासेठका छोरा हुन् । उनकी आमा सुमित्रा कुमारी साह जनकपुरमा फलफूलको व्यवसाय गर्दै छोरा हुर्काउँदै आएकी थिइन् ।
पक्राउ परेका अर्जुनमाथि कर्तव्यज्यान मुद्दामा अनुसन्धान भइरहेको डिएसपी अवाले बताए ।

 

प्रकाशित : 10 April, 2024

प्रतिक्रिया दिनुहोस्