केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौंलाई केन्द्र बनाएर विभिन्न ठाउँबाट लागु औषध कारोबार गर्ने १० पक्राउ

सहयात्रा टिभी

काठमाडौं । चैत २८, काठमाडौंलाई केन्द्र बनाएर विभिन्न ठाउँबाट लागु औषध कारोबार गर्ने १०जनालाई पक्राउ गरेको छ ।

लागु औषध नियन्त्रण ब्यूरोको टोलीले विभिन्न ठाउँबाट १० जनालाई लागु औषधसहित पक्राउ गरेको छ ।

विभिन्न ठाउँबाट पक्राउ परेकाहरुलाई ब्यूरोको टोलीले बुधबार सार्वजनिक गरेको छ । जसमा ७२ वर्षीय वृद्ध समेत रहेका छन् ।

सप्तरीको राजविराज नगरपालिका–९ का ७२ वर्षीय प्रमानन्द मेहतालाई प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–४ बाट २० चैतमा पक्राउ गरेको छ ।

उनीहरुलाई सिनामंगलस्थित सुकुम्बासी टोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए

उनीहरुबाट नुरफिन, फेनारगन, डाइजापाम एम्पुलहरु बरामद भएको छ । करिब २ किलो पोल्याण्ड पनि बरामद भएको छ ।

४ लाख १६ हजार ३५० नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई प्रहरी वृत्त गौशालाले अनुसन्धान अघि बढाएको छ ।

७२ वर्षीय मेहता काठमाडौंलाई केन्द्रमा बनाएर लागु औषध खैरो हेरोइन कारोबार गर्ने मुख्य व्यक्ति रहेको ब्यूरोका एसपी तथा प्रवक्ता रामेश्वर कार्कीले बताए ।

उनीसँग लागु औषध किन्दै गरेको अवस्थमा बुढानिलकण्ठका ३६ वर्षीय विकास कार्की समेत पक्राउ परेका थिए । उनीहरुबाट ७२ ग्राम खैरो हेराइन बरामद भएको थियो ।

 

 

प्रकाशित : 10 April, 2024

प्रतिक्रिया दिनुहोस्