केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘पुजार सार्की’को नयाँ पोस्टरमा प्रमुख कलाकार

सहयात्रा टिभी

काठमाडौं । चैत २९, आगामी जेठ १० गते विश्वव्यापी रिलिज हुने नेपाली फिल्म ‘पुजार सार्की’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । नयाँ पोस्टरमा फिल्मका प्रमुख कलाकारहरू आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली र परीक्षा लिम्बु अटेका छन् ।

उनीहरू आ–आ–आफ्नो चरित्रमा देखिएका छन् । पोस्टरको बिच भागमा आर्यन छन् । पलले बन्दुक बोकेका छन् । अभिनेत्री परीक्षा दुई चुल्ठी बाटेकी चुलबुले युवती देखिएकी छन् भने अञ्जना जिम्मेवार महिला देखिएकी छन् । लामो कपालमा रहेका प्रदीप हाफ पाइन्ट (जाँगे) लगाएका छन् ।

फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ ।

फिल्ममा दिनेश राउतको निर्देशन छ । उनले यही शुक्रवार फिल्म हल र डिजिटल रूपमा टिजर सार्वजनिक गर्ने बताए ।

विकास सुवेदीको लेखन रहेको फिल्ममा सुवास भुसालको निर्माण छ । राजेश श्रेष्ठको डिओपी रहेको फिल्ममा भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर ग्रेडिङ, हिमाल केसीको द्वन्द्व छ । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको फिल्म आरआर फिल्मसले वितरण गर्दैछ ।

प्रकाशित : 11 April, 2024

प्रतिक्रिया दिनुहोस्