केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एसीसी प्रिमियर कप प्रतियोगिता भोलि देखि ओमानमा हुँदै

सहयात्रा टिभी

काठमाडौं । चैत २९, एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता शुक्रबारदेखि ओमानमा सुरु हुँदैछ ।

 

प्रतियोगिता समूह ए मा नेपाल, हङकङ, मलेसिया, कतार र साउदीअरेबिया छन् । समूह बी मा युनाइटेड अरब इमिरेट्स (यूएई), ओमान, बहराइन, कम्बोडिया र कुवेत छन् ।

हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल हुँदै उपाधि जित्ने टोलीले एसिया कप टी-२० प्रतियोगिता खेल्न पाउनेछ ।

एसिया कप टी-२० विश्वकपपछि हुने बताएएको छ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र प्रिमियर कपको विजेता हुनेछन् । टी-२० क्रिकेटमा कुनै पनि भर हुँदैन । एउटा ओभरले पूरा खेल मोडिन सक्छ ।

प्रकाशित : 11 April, 2024


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्