परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको निर्देशकमा सुवेदी सिफारिस

सहयात्रा टिभी

काठमाडौं । चैत २९, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रकाशकुमार सुवेदी सिफारिस भएका छन् ।

परराष्ट्र मन्त्रालयद्वारा गठित सिफारिस समितिले सुवेदीलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।

प्रतिष्ठानको कार्यकारी निर्देशकको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले पदपूर्तिका लागि पहिलो पटक १७ पुस र दोस्रो पटक २१ माघमा गरी दुई पटक आवेदन खुला गरेको थियो ।

छनोट तथा सिफारिस समितिमा परेका आवेदनहरूमध्ये ‘समितिको बैठक र छनोट सम्बन्धी कार्यविधि, २०७५’ मा तोकिएको छनोट प्रक्रियाका सम्पूर्ण चरणबाट सफल भएका सुवेदीलाई प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

निर्देशकको नियुक्तिका लागि सिफारिस भएका सुवेदी यसअघि अष्ट्रियाको आवासीय राजदूत, संयुक्त राष्ट्रसंघीय कार्यालय, भियनाका स्थायी प्रतिनिधि र क्रोएसियाका लागि गैरआवासीय नेपाली राजदूत पदमा रहेर काम गरिसकेका छन् ।

 

 

 

प्रकाशित : 11 April, 2024

प्रतिक्रिया दिनुहोस्