केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ठूला आयोजना निर्माणपछि नेपालको ऊर्जा क्षेत्रमा नयाँ अध्याय थपिने

सहयात्रा टिभी

काठमाडौं । चैत २९, अर्थमन्त्री वर्षमान पुनले माथिल्लो अरुण र दूधकोशीजस्ता ठूला आयोजना निर्माणपछि नेपालको ऊर्जा क्षेत्रमा नयाँ अध्याय थपिने बताएका छन् ।

माथिल्लो अरुण र दूधकोशीका प्रमुख वित्तिय व्यवस्थापक विश्व बैंक र एसियाली विकास बैंकका पदाधिकारीसँग बिहीबार अर्थ मन्त्रालयमा भएको छलफलमा बोल्दै अर्थमन्त्री पुनले आयोजना निर्माणको काममा ढिलाइ गर्न नहुनेमा सरकार स्पष्ट रहेको बताए ।

उनले दुवै आयोजनाको तयारी राम्रोसँग भइरहेको भन्दै प्रमुख वित्तीय व्यवस्थापक विश्व बैंक र एसियाली विकास बैंकले सहवित्तकर्ताहरूसँग समन्वय गरिरहेको जानकारी पाउँदा खुसी लागेको बताए ।

मन्त्री पुनले दुई ठूला आयोजना निर्माणपछि नेपालको अरु ठूला आयोजना निर्माणका लागि क्षमता वृद्धि हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा १० हजार मेगावाट विद्युत् निर्यातसम्बन्धी सम्झौता गरेको तथा बंगलादेशलाई ४० मेगावाट विद्युत दिन लागिएको भन्दै आन्तरिक मात्र नभइ क्षेत्रीय बजारमा समेत नेपालको विद्युतको माग रहेको उल्लेख गरे ।

क्षेत्रीय बजारमा थप माग बढ्ने सम्भावना रहेकाले आगामी दिनमा स्वच्छ ऊर्जा उत्पादनका लागि थप लगानी चाहिएको बताए ।

 

प्रकाशित : 11 April, 2024


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्