केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डोल्पाको वनमा लागेको डढेलोमा परेर तीन बालक गम्भीर घाइते

सहयात्रा टिभी

काठमाडौं । चैत २९, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा लागेको डढेलोमा परेर तीन जना बालक गम्भीर घाइते भएका छन् ।

च्याउ टिप्न गएका १२, १३ र १० वर्षका तीन बालक घाइते भएको डोल्पाका प्रमुख जिल्ला अधिकारीका स्रोतले जानकारी दिएको छ ।

गम्भीर घाइते उनीहरुलाई जिल्ला अस्पताल, दुनै ल्याइएको थियो । दुनैमा थप उपचार सम्भव नहुने भएपनि हेलिकोप्टरमार्फत उद्दार गरेर नेपालगञ्ज ल्याउने प्रयास भइरहेको छ ।

डोल्पामा गएको सोमबार मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा चार जना सैनिक समेत गम्भीर घाइते भएका थिए । तीमध्ये दुई जनाको उपचारका क्रममा निधन भएको छ । थप दुई जनाको उपचार जारी छ ।

 

 

 

प्रकाशित : 11 April, 2024

प्रतिक्रिया दिनुहोस्