केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिद्धबाबा टनेल खन्न बन्द हुँदै आएको सिद्धार्थ राजमार्ग खुल्यो

सहयात्रा टिभी

काठमाडौं । चैत ३०, सिद्धबाबा सुरुङ खन्न दैनिक ६ घण्टा बन्द हुँदै आएको सिद्धार्थ राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ ।

सिद्धबाबा टनेल परियोजनाले शुक्रबार एक सूचना जारी गर्दै यसको जानकारी गराएको छ ।

सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा १६ पुसदेखि दैनिक राति १० बजेदेखि बिहान ४ बजेसम्म राजमार्ग बन्द हुँदै आएको थियो ।

सिद्धार्थ राजमार्गमा अहिले मुख्य टनेलसहित स्लोप प्रोटेक्सनको काम जारी छ । आयोजनाको पछिल्लो अपडेट अनुसार सिद्धबाबाको उत्तरतर्फबाट २१ मिटर र दक्षिणतर्फबाट ४५ मिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ ।

 

प्रकाशित : 12 April, 2024

प्रतिक्रिया दिनुहोस्