केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वनमा लागेको आगलागीमा परेर घाइते भएका एकको ज्यान गयो

सहयात्रा टिभी

काठमाडौं । चैत ३०, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ मा रहेको सामुदायिक वनमा लागेको आगलागीमा परेर घाइते भएका तीन जना बालबालिकामध्ये एक जनाको ज्यान गएको छ ।

जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिनुभयो । घाइते भएका बाँकी दुई जनालाई थप उपचारका लागि काठमाण्डौ ल्याइँदैछ ।

गाउँ नजिक रहेको वनमा हिजो बिहान च्याउ टिप्न गएका बालबालिका आगलागीमा परेर गम्भीर घाइते भएका थिए । त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारका लागि काठमाण्डौ ल्याउन हेलिकप्टरको व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले बताउनुभयो ।

गएको मङ्गलवार डोल्पाको ठूलीभेरी नगरपालिका–४ मा रहेको मष्टा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते भएका चार जना नेपाली सेनाका जवानमध्ये तीन जनाको ज्यान गएको थियो ।

 

प्रकाशित : 12 April, 2024

प्रतिक्रिया दिनुहोस्