केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिंहदरबारमा केही सचिवहरूको जिम्मेवारी हेरफेर

सहयात्रा टिभी

काठमाडौं । चैत ३०, सरकारले सिंहदरबारमा केही सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा फेरबदल गरेको छ ।

एक हप्ताअघि मात्रै उपराष्ट्रपति कार्यालयमा सरुवा भएका मुकुन्द निरौला सामान्य प्रशासन मन्त्रालयमा फर्किएका छन् । उपराष्ट्रपति कार्यालयमा जानु अघि उनी उद्योग सचिवका रुपमा कार्यरत थिए ।

हाल सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा फर्काउने वा अन्य युवा तथा खेलकुद मन्त्रालयमा जिम्मेवारी दिने भन्ने टुंगिएको छैन ।

प्रकाशित : 12 April, 2024

प्रतिक्रिया दिनुहोस्