केपी ओली प्रचण्ड माधव नेपाल एमाले


धादिङमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, आठ घाइते

सहयात्रा टिभी

काठमाडौं । वैशाख २, धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ट्रकमा सवार आठ जना घाइते भएका छन् ।

 

नीलकण्ठ नगरपालिका–५ दाउन्ने खोलामा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो । मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम केसीले बताए ।

घाइते ८ जनालाई उद्दार गरी जिल्ला अस्पताल धादिङतर्फ ल्याइँदै गरेको एसपी केसीले जानकारी गराए ।

 

 

प्रकाशित : 14 April, 2024

प्रतिक्रिया दिनुहोस्