केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भक्तपुरमा ३२ खटसहितको सिन्दूर जात्रा मनाइयो

सहयात्रा टिभी

काठमाडौं । वैशाख २, मध्यपुरथिमी क्षेत्रमा हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दूर जात्रा मनाइएको छ ।

 

बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले हर्षोल्लासका साथ सिन्दूर खेलेर जात्रा मनाएका हुन् । मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दूरे जात्रा मनाइने गरिन्छ ।

जात्रामा विभिन्न परम्परागत बाजा बजाउँदै देवताका मूर्तिसहितको खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दलेर रमाइलो गर्ने भएकाले यसलाई सिन्दूर जात्रा भनिएको हो ।

जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर एवम् फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।

 

 

प्रकाशित : 14 April, 2024

प्रतिक्रिया दिनुहोस्