पहिलो कारोबार दिन नेप्से घट्यो
सहयात्रा टिभी
काठमाडौं । वैशाख २, नयाँ वर्ष २०८१ को पहिलो कारोबार दिन सेयर बजार झिनो अंकले घटेको छ ।
२.३५ अंकले घट्दै नेप्से २०२३ अंकमा अडेको छ । कुल ३ अर्ब ६ करोड रुपैयाँ बराबरको कारोबार भयो । यद्यपि अधिकांश कम्पनीको सेयर मूल्य भने बढेको छ ।
१२७ कम्पनीको मूल्य बढ्दा १०८ को घट्यो भने १० को स्थिर रह्यो । बढेकाभन्दा घटेका कम्पनीको पुँजीकरण रकम उच्च हुँदा नेप्से घटेको हो ।
माइक्रोफाइनान्स १.९ तथा फाइनान्स समूह् १ प्रतिशत बढे । गुराँस लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । तेह्रथुम पावरको ४.३ र तारागाउँ रिजेन्सीको ३.९ प्रतिशत मूल्य घट्यो ।