केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गण्डकीको योजना आयोग उपाध्यक्षमा श्रीकान्त खतिवडा नियुक्त

सहयात्रा टिभी

काठमाडौं । वैशाख ४, गण्डकी प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा तनहुँका श्रीकान्त खतिवडा नियुक्त भएका छन् ।

एमालेनिकट खतिवडालाई मुख्यमन्त्री खगराज अधिकारीले नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएका छन् । उनी गत चैत २७ गतेकै मन्त्रिपरिषद् निर्णयअनुसार नियुक्त भएका हुन् ।

मुख्यमन्त्री खगराजले सदस्यमा माओवादी कोटाबाट पुन: सुवास अधिकारीलाई नै नियुक्त गरेका छन् । सरकार फेरबदल हुँदा अधिकारी चौथोपटक सदस्य नियुक्त भएका हुन् ।

 

प्रकाशित : 16 April, 2024

प्रतिक्रिया दिनुहोस्