केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज चैते दशैँ देश भरका देवीका मन्दिरमा भक्तजनको भीड लाग्ने

सहयात्रा टिभी

काठमाडौं । वैशाख ४, आज मङ्गलवार चैते दशैँ पर्व मनाइँदैछ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष महत्त्वका साथ मनाउने गरिन्छ ।

वर्षमा चार वटा नवरात्र पर्छन् । असार र पुस शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ ।

आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ । चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैँ मनाउने गरिन्छ ।

आज देशभरका शक्तिपीठ एवम् देवीका मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । काठमाण्डौ उपत्यकाका देवी मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । हनुमानढोकामा आज विशेष पूजा गरिन्छ ।

यस्तै भोलि बुधवार नवमीको दिन श्रीरामको जन्म भएको विश्वासका साथ रामनवमी मनाउने गरिन्छ ।

रामनवमीको अवसरमा सरकारले सार्वजनिक बिदा दिने गरेको छ । चैते दशैँको अवसरमा आज गण्डकी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

 

प्रकाशित : 16 April, 2024

प्रतिक्रिया दिनुहोस्